Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महाशिवरात्रिका मुख्य पाहुना शङ्कराचार्य आज काठमाडौं आउँदै

    महाशिवरात्रिका मुख्य पाहुना शङ्कराचार्य आज काठमाडौं आउँदै

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 765
    SHARES

    काठमाडौं । महाशिवरात्रिका मुख्य पाहुना भारतको उडिसा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती स्वामी बिहीबार काठमाडौँ आइपुग्दै छन् ।

    तीन दिने लिङ्गपुराण, वेदपुराण, वेद, संस्कृत आचरण, वैदिक गणितबारे प्रवचन तथा व्याख्यात्मक प्रवचन दिन शिष्य र सहयोगीसहितका १० सदस्यीय टोलीसहित उनी काठमाडौँ आउन लागेका हुन् ।



    यस वर्षको महाशिवरात्रि शनिबार परेको छ ।



    पशुपति क्षेत्र विकास कोषले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले महाशिवरात्रिको अघिल्लो दिनदेखि शिवरात्रिको भोलिपल्टसम्म पशुपतिमा शङ्कराचार्य पूजन महोत्सव कार्यक्रममा सहभागी हुन शङ्कराचार्य बिहीबार पशुपतिनाथ आइपुग्ने जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार