Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • महाशिवरात्रिमा सात लाख भक्तजनले गरे पशुपतिको मूल मन्दिरको दर्शन

    महाशिवरात्रिमा सात लाख भक्तजनले गरे पशुपतिको मूल मन्दिरको दर्शन

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 630
    SHARES

    काठमाडौं । महाशिवरात्रिका अवसरमा शनिबार सात लाख भक्तजनले पशुपतिको मूल मन्दिरको दर्शन गरेका छन् ।

    पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार हिजो मूल मन्दिरको सात लाख भक्तजनले दर्शन गरेका हुन् ।



    यस्तै, मन्दिर परिसरमा भने झण्डै १५ लाख भक्तजन पुगेका अनुमान गरिएको छ ।



    पशुपतिनाथ मन्दिरको दर्शनका लागि हिजो बिहान ३ बजेदेखि नै लाइन लागेको थियो । दर्शनार्थीका लागि हिजो पाँच वटा लाइनको व्यवस्था गरिएको थियो ।

    दर्शनार्थीले हिजो लामो लाइनमा बस्नु परेको गुनासो गरेका थिए । तर, पशुपति क्षेत्र विकास कोषले भने हिजो लाइन व्यवस्थित भएको दाबी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार