Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • शिवरात्रिमा पशुपति दर्शन गर्नेको घुइँचो

    शिवरात्रिमा पशुपति दर्शन गर्नेको घुइँचो

    अनलाइन नेपाल
  • शनिबार, ६ फाल्गुन २०७९
  • 693
    SHARES

    काठमाडौं । आज महाशिवरात्रि पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदै छ ।

    आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको ठूलो संख्यामा उपस्थिति रहेको छ ।



    आज नदीमा स्नान गरी शुद्ध भएर बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ । पशुपतिनाथ मन्दिरमा यतिबेला भक्तजनको घुइँचो छ ।



    आज बिहानैबाट भक्तजन पशुपतिनाथको पूजा गर्न लामवद्ध भएर बसेका छन् । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजा आराधनाका लागि पुगेका भक्तजनहरुलाई व्यवस्थापनमा कुनै कमी नराखेको जनाएको छ ।

    पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले स्वयंसेवक बाहेकलाई कडाइ गरिएका कारण दर्शनार्थीको लाइन सहज रुपमा अघि बढिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार