Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पल प्रकरणबारे बाबुराम भट्टराईले भने- पीडितको भन्दा बलात्कार आरोपीको पक्ष लिनु लज्जास्पद

    पल प्रकरणबारे बाबुराम भट्टराईले भने- पीडितको भन्दा बलात्कार आरोपीको पक्ष लिनु लज्जास्पद

    अनलाइन नेपाल
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाल गायिकामाथि जबरजस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह प्रकरणबारे आफ्नो धारणा राखेका छन् । ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको भट्टराईको भनाइ छ।

    भट्टराईले सामाजिक संजाल ट्वीटरमार्फत पल प्रकरणबारे टिप्पणी गर्दै ‘मर्दकी दशवटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको उल्लेख गरेका छन्।



    अदालती प्रक्रियालाई प्रभावित पार्ने गरी जिल्ला प्रहरी कार्यालय तनहुँको दमौलीमा पल पक्षधरको दिनहुँ भइरहेका प्रदर्शन र सामाजिक सञ्जालमा टिप्पणीबारे भट्टराईले न्यायिक फैसला सबैले मान्नुपर्ने बताएका छन् ।




    हिरासतमा रहेका पललाई अदालतले अभियोगबारे बयान लिइरहेको छ । अभिनेता शाहमाथि पोखरा घर भएकी एक बाल गायिकाले जबरजस्ती करणीको अभियोगमा तनहुँ प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार