Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • युक्रेन तनाव: रुसी सेनाद्वारा आणविक उर्जा प्लान्ट नियन्त्रणमा

    युक्रेन तनाव: रुसी सेनाद्वारा आणविक उर्जा प्लान्ट नियन्त्रणमा

    अनलाइन नेपाल
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । युक्रेनले रुसी सेनाले जापोरिजिया आणविक उर्जा केन्द्र कब्जा गरेको बताएको छ ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार एक स्थानीय अधिकारीले सोसल मिडियामा प्लान्ट सञ्चालन गर्ने कामदारले पावर युनिटको निगरानी गरिरहेको जानकारी दिएका छन्।



    उनले स्टेसनका कर्मचारीले आफ्नो कामलाई निरन्तरता दिई विद्युत युनिटको हेरचाह गरिरहेको पनि बताए । युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रमा शुक्रबार बिहान आगलागी भएको छ ।



    युक्रेनले रुसी आक्रमणका कारण यस्तो भएको आरोप लगाएको छ । युक्रेनको आपतकालीन सेवाले पछि जापोरिजिया आणविक उर्जा केन्द्रमा लागेको आगो नियन्त्रणमा आएको पुष्टि गरेको छ ।

    यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि ट्विट गरेर रुसी सैनिकले युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्रमा आक्रमण गरेको जानकारी दिएका थिए ।

    उनले ट्विट गर्दै विश्वलाई सहयोगको अपिल गर्दै यो पावर प्लान्ट खतरामा रहेको बताए । यसपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जेलेन्स्कीसँग फोनमा कुरा गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार