Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एकदिवसीय सिरिजको तयारीका लागि नेपाली क्रिकेट टोली आज श्रीलंका जाँदै

    एकदिवसीय सिरिजको तयारीका लागि नेपाली क्रिकेट टोली आज श्रीलंका जाँदै

    अनलाइन नेपाल
  • शनिबार, २१ फाल्गुन २०७८
  • 954
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आज श्रीलंका प्रस्थान गर्दैछ । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत हुने एकदिवसीय सिरिजको तयारीका लागि टोली शनिबार बिहान श्रीलंका प्रस्थान गर्न लागेको हो ।

    सन्दीप लामिछानेको कप्तानीमा रहेको १६ सदस्सीय टोलीले श्रीलंकामा त्यहाँको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) जनाएको छ । नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ।



    उक्त सिरिजमा नेपालले युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ। पीएनजीविरुद्ध नेपालले सिरिजको पहिलो खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा खेल्नेछ ।



    नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ। नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ। नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ। लिग टु अन्तर्गत ७ टिम सहभागि रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार