Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नदीकिनार वा वन क्षेत्रमा फोहोर विसर्जन : जलचर, वन्यजन्तु र वनस्पतिमा गम्भीर असर

    नदीकिनार वा वन क्षेत्रमा फोहोर विसर्जन : जलचर, वन्यजन्तु र वनस्पतिमा गम्भीर असर

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चितवनका स्थानीय सरकारले नदीकिनार वा वन क्षेत्रमा फोहोर विसर्जन गरिरहेका छन् । यसरी फोहोर विसर्जन गर्दा जलचर, वन्यजन्तु र वनस्पतिमा गम्भीर असर परेको छ । भरतपुर महानगरपालिकामा भित्रमात्रै दैनिक ७० टनभन्दा बढी फोहोर निस्कन्छ । यसरी निस्केको फोहोर नारायणी नदीकिनारसँगै रहेको नगर वन क्षेत्रमा फाल्ने गरिएको छ ।

    यस्तै, जिल्लाको दोस्रो ठूलो सहर रत्ननगर नगरपलिकाले पनि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको बरण्डाभार वन क्षेत्रमै अव्यवस्थित रूपमा फोहोर विसर्जन गर्छ । यसका अलावा माडी, खैरहनी, राप्ती र कालिका नगरपालिकाको फोहोर स्थानीय वन क्षेत्रमा फालिएको छ । इच्छा कामना गाउँपलिकाले कुरिनटारनजिकै त्रिशूली नदीकिनारमा फोहोर फाल्ने गरेको छ ।



    “महानगर होस् या गाउँपालिका प्रायः सबै स्थानीय तहको फोहोर वन क्षेत्र वा नदीकिनारनजिकै विसर्जन गरिएको छ । यसले नदीको जलसम्पदा र जैविक विविधतामै प्रभाव परेको छ,” लामो समयदेखि निकुञ्जवरपरका विभिन्न नदी सरसफाइ अभियानमा जुट्नुभएका अभियन्ता अपिल घिमिरेले भने ।



    उनका अनुसार अहिले नदीमा बढेको प्रदूषण र जलचरमा परेको प्रभाव पनि यही फोहोर समस्याका कारण हो । प्लास्टिक पानीको तल्लो भागमा जमेर बस्ने र त्यहाँ गोही, माछाका लागि चाहिने लेउ लाग्दा त्यही लेउसँगै प्लास्टिकसमेत माछा तथा गोहीले खाने गरेको उनको भनाइ छ । गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार