Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ‘नार्क हो कि नर्क’ छुट्याउनै गाह्रो

    ‘नार्क हो कि नर्क’ छुट्याउनै गाह्रो

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 600
    SHARES

    काठमाडौं । अव्यवस्थित एवं फोहोरको डम्पिङसाइटजस्तै देखिने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा काम विशेषले पुग्ने जोकोहीलाई ‘नार्क हो कि नर्क’ छुट्याउनै गाह्रो हुन्छ ।

    ललितपुरको खुमलटारस्थित नार्क कृषिका वैज्ञानिक एवं कर्मचारी बसेर काम गर्ने कार्यालय हो । तर, कार्यालयभित्रै जताततै फोहोरै फोहोर एवं जथाभावीको पार्किङले कार्यालय ‘डम्पिङ’साइटजस्तै देखिन्छ ।



    करिब अढाइ सय बढी क्षेत्रफलमा विभिन्न कार्यालय रहेका छन् । कृषिसम्बन्धी विभिन्न विषयगत कार्यालयदेखि लिएर खाद्यान्य उत्पादन एवं अनुसन्धान हुने गरेको सोही क्षेत्रमा नार्कको साढे तीनतले भवन छ । सो भवनमा हाकिमपिच्छेका छुटाछुटै किचेन छ । जतिखेर नि केही न केही पाकिरहेको हुन्छ । कार्यालयको प्रत्येक तल्लामा हाकिमपिच्छे १५ भन्दा बढी किचेन रुम छन् ।



    ‘नार्कमा २० बढी कृषिका वैज्ञानिकका साथै ७० जना बढी कर्मचारी कार्यरत छन् । तर हाकिमपिच्छेका ती किचेनमा जतिखेर नि कुकरको सिटी लागिरहेको हुन्छ । मिठो खाने बानी परेर हो कि किन हो त्यो त थाहा छैन । मिठो खानलाई त ठीक छ तर काम गर्नलाई ठीक छैन,’ कोठैपिच्छे रहेका किचन रुमबाट पीडित एक कर्मचारीले भने ।

    नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले कर्मचारीबाट विभिन्न किसिमका गुनासो आएको र त्यसलाई सुधार गर्ने काम आफूले गरिरहेको बताए । आफू एक महिनाअघि कार्यकारी निर्देशकको जिम्मेवारी पाएपछि नार्कलाई वास्तविक वैज्ञानिकको संस्थाका रूपमा रूपान्तरण गर्ने काम तीव्र गतिमा गरिरहेको उनले बताए । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार