Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • शीतलनिवास र सिंहदबारमा थुप्रियो १२ टन फोहोर

    शीतलनिवास र सिंहदबारमा थुप्रियो १२ टन फोहोर

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 666
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिबारदेखि शीतल निवास, सिंहदरबार र प्रधानमन्त्री कार्यालयको फोहोर संकलन र ढुवानी बन्द गरेको कारण ती क्षेत्रमा करिब १२ टन फोहोर थुप्रिएको छ ।

    देशको राष्ट्र प्रमुख तथा सरकार प्रमुखको कार्यालय र आवासमा फोहोर थुप्रिँदा गृह मन्त्रालय भने रमिते भएको बसेको छ । जबकि, गृह मन्त्रालय आफैंले जारी गरेको आवश्यक सेवामा निषेध गर्न नपाइने २५ बुँदे सूचीकोे १४औँ बुँदामा फोहोरमैला, संकलन र ढुवानीमा अवरोध गर्न नपाइने उल्लेख छ ।



    सिंहदरबारभित्रै रहेको गृह मन्त्रालयले आफ्नै परिसर नजिकैको पुतली बगैंचामा फोहोर थुप्रिँदा पनि कुनै प्रतिक्रिया जनाउन सकेको छैन ।



    तीन दिनअघि चितवनमा पत्रकारसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वार्ताबाटै समस्या समाधान गर्ने बताउनुभएको थियो । तर, अहिलेसम्म यस विषयमा गृह र कामपाबीच औपचारिक वार्ता हुन सकेको छैन । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार