Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • स्थानीयको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापन फेरि रोकियो

    स्थानीयको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापन फेरि रोकियो

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 621
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन आजदेखि पुनः रोकिएको छ ।

    महानगरपालिकाको फोहोर फाल्ने ठाउँ नुवाकोट सिसडोलका वासिन्दाले यसअघि महानगरपालिकासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै गरेको अवरोधका कारण आज उपत्यकाको फोहोर व्यवस्थापन हुन नसकेको हो ।



    उनीहरुले सहमति भएको एकवर्ष वितिसक्दासम्म महानगरले स्थानीयवासीको मागप्रति वेवास्ता गरेकाले आजदेखि फोहोर व्यवस्थापनमा रोक लगाइएका हुन् ।



    नुवाकोट र धादिङका स्थानीयले डम्पिङ साइट आसपासका ढुंगाना गाउँ, पहिरे र सुडीनीलगायतका ठाउँमा फोहोरका कारण जनजीवन प्रभावित भएको र स्वास्थ्यमा असर पर्न सक्ने बताएका छन् ।

    महानगरले यसअघि कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर कुहिने फोहोर मात्र व्यवस्थापन गर्नेलगायत सहमति गरेपनि सहमतिका नाममा झुक्याइएको स्थानीयबासीहरुको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार