Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • काठमाडौं उपत्यकाको फोहोर भोलिदेखि नउठ्ने

    काठमाडौं उपत्यकाको फोहोर भोलिदेखि नउठ्ने

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 723
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बञ्चरेडाँडा र सिसडोलका स्थानीयको अवरोध कारण बुधबारदेखि काठमाडौंको फोहोर नउठ्ने भएको छ ।

    उनीहरुले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै सोमबारदेखि नै फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएकाले फोहोर नउठ्ने फोहोरमैला व्यवस्थापन संघले जनाएको छ ।



    मंगलबार बिहानैदेखि आन्दोलित स्थानियले फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीलाई बाटोमै रोकेका छन्। संघका अनुसार सोमबार र मंगलबारको फोहोर टेकु ट्रान्सफर स्टेशन र गाडीमै राखिएको छ ।



    काठमाडौं उपत्यकाबाट दैनिक फोहोर बोकेको करिब तीन सय ८० वटा ट्रक बन्चरेडाँडा जाने गरिरहेको छ ।

    महानगरले यसअघि कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर कुहिने फोहोर मात्र व्यवस्थापन गर्नेलगायत सहमति गरेपनि सहमतिका नाममा झुक्याइएको स्थानीयबासीहरुको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार