Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सरकार र ल्याण्डफिल्ड साइटका स्थानीयवासीबीचको बैठक बिना निष्कर्ष सकियो

    सरकार र ल्याण्डफिल्ड साइटका स्थानीयवासीबीचको बैठक बिना निष्कर्ष सकियो

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 588
    SHARES

    काठमाडौं । ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय र शहरी विकास मन्त्रालयबीचको बैठक बिना निस्कर्ष सकिएको छ।

    बुधबार काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने शहरी विकास मन्त्रीको पहलमा बसेको बैठक फोहोर उठाउने सहमति बिना नै सकिएको हो ।



    छलफलमा काठमाडौं महानगरका प्रतिनिधिको सहभागिता नभएकाले छलफल निष्कर्षमा पुग्न नसकेको भन्दै काठमाडौं महानगरपालिकासँग छलफल गरी निचोडमा पुग्ने बताईएको छ ।



    ल्याण्डफिल्ड साइट प्रमुख रवीन्द्र बोहोराले स्थानीयबासीहरूको माग सम्बोधन गरी तत्काल फोहोर व्यवस्थापन गर्ने बताए ।

    तीन दिनदेखि ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयले उपत्यकाको फोहोरमैला व्यवस्थापन हुँदै आएको बन्चरेडाँडामा फोहोरको गाडीहरू रोकिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार