Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बञ्चरेडाँडाबासीको आन्दोलनले आज पनि फोहोर विसर्जनमा अवरोध

    बञ्चरेडाँडाबासीको आन्दोलनले आज पनि फोहोर विसर्जनमा अवरोध

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 582
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बञ्चरेडाँडाका स्थानीय बासिन्दाले आज पनि आन्दोलन जारी राखेका कारण काठमाडौं उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर बिसर्जनमा अवरोध भएको छ।

    नुवाकोट र धादिङको सीमामा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध गर्दै आन्दोलनरत स्थानीयले फोहोर बोकेका गाडीलाई अगाडि बढ्न नदिन बाटो छेकेका प्रहरीले जनाएको छ ।



    हिजोदेखि पुनः आन्दोलित स्थानीयहरु मंगलबार पनि बिहानैदेखि सडकमा उत्रिएका हुन् । नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ का स्थानीयवासीले फोहोर बोकेका गाडीलाई बाटो बन्द गरेका छन् ।



    संघ सरकार र काठमाडौं महानगरपालिकासित यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गर्दै आएका छन् । महानगरले यसअघि कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर कुहिने फोहोर मात्र व्यवस्थापन गर्नेलगायत सहमति गरेपनि सहमतिका नाममा झुक्याइएको स्थानीयबासीहरुको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार