Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • युक्रेन-रुस द्वन्द्व: जेलेन्स्कीको अपीलमा इजरायली प्रधानमन्त्रीले पुटिनलाई भेटे

    युक्रेन-रुस द्वन्द्व: जेलेन्स्कीको अपीलमा इजरायली प्रधानमन्त्रीले पुटिनलाई भेटे

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । युक्रेन र रुस द्वन्द्वका बीच इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । उनी शनिबार रुसको राजधानी मस्को पुगेका थिए ।

    बेनेटको यो भेटबारे अहिलेसम्म थप जानकारी दिइएको छैन। तर, दुई नेताबीच करिब तीन घण्टा वार्ता भएको बीबीसीले उल्लेख गरेको छ।



    बेनेट र पुटिनले यसअघि पनि धेरै पटक भेट गरिसकेका छन् र दुई देशबीच राम्रो सम्बन्ध रहेको बताइएको छ । इजरायल अमेरिकाको महत्वपूर्ण सहयोगी भए पनि प्रधानमन्त्री बेनेटको रुससँग पनि राम्रो सम्बन्ध छ ।



    युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले इजरायलका प्रधानमन्त्रीलाई यस मामिलामा मध्यस्थता गर्न अपील गरेका थिए। प्रधानमन्त्री बेनेटको साथमा इजरायली नेताहरूसँग लामो समय रूसी भाषा अनुवादकको रूपमा काम गरेका आवास मन्त्री जिभ एल्किन पनि थिए।

    उनी युक्रेनी शहर खार्किभमा जमिएका थिए र उनका आफन्तहरू अझै पनि युक्रेनमा बस्छन्। यो भेटपछि नफ्ताली बेनेट जर्मनीको भ्रमणमा गएका छन् । जर्मनीमा उनले चान्सलर ओलाफ स्कोल्जलाई भेट्ने कार्यक्रम छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार