Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मिथिला माध्यमिकी परिक्रमामा सहभागी भारतीय महिलाको मृत्यु

    मिथिला माध्यमिकी परिक्रमामा सहभागी भारतीय महिलाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    महोत्तरी  । मिथिला माध्यमिकी परिक्रमामा रिंगाटा लागेर बेहोस भएर एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भारत बिहारको मधुवनी जिल्ला भाईसपट्टी थाना बासुपट्टी बस्ने राजेन्द्र साहकी श्रीमती ५० वर्षीया प्रमीला देवी साह रहेको प्रहरीले जनाएको छ।



    महोत्तरीको मठिहानी पडावस्थलबाट जलेश्वरको लागि निस्केको परिक्रमा अन्तर्गत आज (सोमबार) बिहान ९ बजेको समयमा जलेश्वर नगरपालिका वडा नम्वर २ साउजीपटी नजिक पोखरीमा नुहाउने क्रममा रिंगाटा लागेर उनी बेहोस भएकी थिइन् ।



    उनको उपचारको क्रममा जलेश्वरस्थित शान्ति कम्युनिटी अस्पताल जलेश्वरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनको शव पोस्टमार्टमको लागि जलेश्वर अस्पतालमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार