Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • ‘पलबिना अधुरो छु’ भन्दै आशु झारेर दर्शकसामु विलौना गरेकी पूजाले सार्वजनिक गरिन् प्रेमी

    ‘पलबिना अधुरो छु’ भन्दै आशु झारेर दर्शकसामु विलौना गरेकी पूजाले सार्वजनिक गरिन् प्रेमी

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । अभिनेत्री पूजा शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन्। केही दिनअघि अभिनेता पल शाहको तस्बिर अंकित टिशर्ट लगाएर सिनेमा हलहरूमा पुगेकी उनले सामाजिक सञ्जालमार्फत् आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन्।

    उनले निर्माण गरेको फिल्म म यस्तो गीत गाउँछु-२ यतिबेला नेपालका हलहरुमा प्रदर्शन भइरहेको छ । तर फिल्मका अभिनेता शाह बहने बाल गायिकामाथि बलात्कारको मुद्धामा प्रहरी हिरासतमा रहेका छन्। गत १५ फागुनमा प्रहरीसामु आत्मसमर्पण गरेका शाहलाई अदालतले थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ।



    पल प्रहरी हिरासतमा रहे पनि उनको पक्षमा बोल्दै आएकी पूजाले आफू पलबिना अधुरो हुने बताउँदै आएकी थिइन्। तर, उनको यो भनाइ फिल्म चलाउने फण्डा मात्रै रहेको बुझिएको छ।



    संचारकर्मीहरुले पलका बारेमा राखेको जिज्ञासामा उनले पलको खुलेरै समर्थन गरेकी थिइन् । त्यतिमात्र हैन पललाई कसैले बिर्गान खोज्दैमा केही नहुने समेत दाबी गर्ने उनी पललाई संझिएर भक्कानिएकी थिइन् भने उनलाई भेट्न हिरासतसम्म पुगेकी थिइन्।

    पत्रकारले पुजालाई पलको तस्बिर अंकित टिशर्ट लगाएर हिँड्नुको कारण सोधेका थिए । जवाफमा पुजाले पुजा भनेकै पलको पिल्लर हो भन्दै जवाफ दिएकी थिइन्।’ पुजाबिना पल अधुरो छ, पलबिना पुजा अधुरो छ ।’ उनले पल अहिले आफ्नो साथमा नरहे पनि मनमा सधै रहिरहेको र आफुलाई साथ दिइरहेको बताएकी थिइन्।

    उनले पललाई संझिएर आँसु समेत खसाएकी थिईन् । दर्शक नै सबैथोक भएको बताउँदै पलको शतप्रतिशत जित हुने उनको भनाइ थियो । पूजाले त्यसो भनेको केहीदिन नबित्दै फेसबुकमा एक युवा सँगको फोटो सार्वजनिक गरेकी छिन् । ‘यू आर द लभ’ लेख्दै उनले फोटो पोस्ट गरेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार