Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • यो वर्ष विवाह गर्छु : पूजा शर्मा

    यो वर्ष विवाह गर्छु : पूजा शर्मा

    अनलाइन नेपाल
  • शुक्रबार, १ बैशाख २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । अभिनेत्री पूजा शर्माले आफूले यो वर्ष विवाह गर्ने बताएकी छन् ।

    नयाँ वर्षको अवसरमा काठमाडौं मलमा अवस्थित फेसियल हाउसले तयार पारेको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले विवाहको बारेमा खुलासा गरेकी हुन् ।



    विवाह मिति भने उनले बताएकी छैनन् । पूजा केही समयदेखि युद्ध बानियाँको प्रेममा छिन् । उनले यो वर्ष आफूले केही नयाँ कुरा सोचेको र त्यसलाई पूरा गर्न तल्लीन रहने समेत बताइन् ।



    पूजा र उनका प्रेमी युद्ध बानियाँले ललितपुरको झम्सिखेलमा रेस्टुरेन्ट सञ्चालन गर्दैछन् । यही महिनाको अन्तिममा रेस्टुरेन्ट उद्घाटन गर्ने पूजाको तयारी छ ।

    फेसियल हाउसकी संचालिक सुष्मा महराले नेपाली कला संस्कृति झल्काउने उद्देश्यले क्यालेन्डर निर्माण गरेको बताइन् । सार्वजनिक क्यालेन्डरमा वर्षभरिका पर्व अनुसारको फोटो समावेश गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार