Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अब रोएर फिल्म चलाउँदिनँः पूजा शर्मा

    अब रोएर फिल्म चलाउँदिनँः पूजा शर्मा

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । यस्तो लाग्छ, पूजा शर्मा र गसिप एकअर्काका पर्याय नै हुन् । उनी जे बोल्छिन्, त्यसलाई गसिपले पछ्याउँछ । रोएर फिल्म चलाएको भनेर आलोचित उनले अब भने नरोएरै फिल्म चलाउने बताएकी छन् ।

    भदौ १७ गते रिलिज तयारीमा रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को पत्रकार सम्मेलनमा पूजाले अब भने नरोइ फिल्म चलाउने दाबी गरिन् । खासगरी ‘म यस्तो गीत गाउँछु २’को क्रममा उनलाई रोएरै फिल्म चलाएको भन्दै ट्रोल चलेको थियो ।



    पूजाको यस्तो तर्कमा निर्देशक सुदर्शन थापाले पनि सहमति जनाए । कलाकार कराउनुभन्दा फिल्म नै राम्रो हुनपर्ने पूजाको धारणा छ । उनी भन्छिन्, ‘फिल्मको कन्टेन्ट रुचाउने वा नरुचाउने भन्ने कुरा त दर्शकमा निर्भर हुन्छ । कलाकारले त अभिनय गर्ने हो । फिल्म राम्रो छ भने अवश्य पनि चल्छ । फिल्म नै राम्रो छैन भने कलाकार जति कराए पनि चल्दैन ।’



    फिल्म फण्डाले नभई कन्टेन्टले चल्ने पूजाको कथन छ । प्रकाशको पत्रकार सम्मेलनमा प्रदीपले आफूले हाँसेरै फिल्म चलाउने बताएका थिए । पूजाले पनि प्रदीपलक्षित सटायर त गरिन् तर नाम भने लिइनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार