Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • पूजा र आकाशबीच पानी बाराबारको सम्बन्ध, कार खरिदमा गरे प्रतिस्पर्धा !

    पूजा र आकाशबीच पानी बाराबारको सम्बन्ध, कार खरिदमा गरे प्रतिस्पर्धा !

    अनलाइन नेपाल
  • आइतबार, २४ साउन २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । पछिल्लो समय नेपाली फिल्म क्षेत्रका अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठबीच कार खरिद गर्न प्रतिस्पर्धा नै चलेको देखिन्छ।

    गत बिहीवार आकाशले ७० लाख पर्ने हुन्डाईको क्रेटा गाडी घर भित्राए । जब आकाशले गाडी किनेको फोटो पूजाले फेसबुकमा देखिन्, तब उनले पनि तुरुन्तै निर्णय लिइन्, ‘म पनि के कम, भोली नै त्यही कम्पनीको गाडी किन्छु ।’ नभन्दै उनले शुक्रवार थापाथलीबाट आकाशले किनेकै कम्पनीको गाडी ७० लाख तिरेर खरिद गरिन् ।



    आकाशले किनेको गाडी सेतो रंगको छ भने पूजाको गाडीको रंग चकलेटी छ । तर, दुवैले किनेको गाडी एउटै कम्पनी र एउटै मुल्यको हो । आकाशले किनेको २४ घन्टाभित्रै पूजाले पनि त्यही कम्पनीको गाडी किन्नुले उनीहरुबीच पानी बाराबारको सम्बन्ध रहेको भन्ने बजारको चर्चालाई मलजल पुगेको छ ।



    गत वर्ष एक टेलिभिजन कार्यक्रम ‘रजटपट’ का प्रस्तोता प्रकाश सुवेदीको अभिव्यक्तिले विक्षिप्त भएकी पूजाको मन निषेधाज्ञामा ‘रजटपट’ टिमसँग मिलेर आकाशले राहत बाँडेपछि भित्रैदेखि टुटेको बुझिएको थियो। त्यसअघि उनीहरुबीच नङ्ग र मासुको जस्तै सम्बन्ध रहेको थियो।

    आफ्नो अपमान गरेको व्यक्तिसँग आकाशले हात मिलाएपछि पूजाले आफूहरुबीच व्यवसायिक सम्बन्ध मात्र स्थापित भएको रहेछ भन्दै एक अन्तर्वार्तामा दुखेसो पोख्दै अबका दिनमा आकाशसँग सहकार्य नहुने पनि बताएकी थिइन् ।

    एक गोप्य स्रोतको दाबी अनुसार उनीहरुले सँगै खेल्नका लागि म्यूजिक भिडियोबाट आएको अफर समेत अस्वीकार गरेको बताउँछ ।

    नेपालमा कुनै कलाकारले गाडी किने भने सञ्चारमाध्यमले विशेष महत्त्व दिने गरेका छन् । गत महिना अभिनेता पुष्प खड्काले ७० लाखको गाडी (क्रेटा) खरिद गरेको विषयमा मिडियाले समाचार बनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार