Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • जनकपुरबाट फिल्म ‘रावायण’ को सुटिङ सुरु

    जनकपुरबाट फिल्म ‘रावायण’ को सुटिङ सुरु

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 297
    SHARES

    काठमाडौं ।  फिल्म ‘रावायण’ को छायाङ्कन जनकपुरको जानकी मन्दिरबाट सुरु भएको छ ।

    निर्देशक सुदर्शन थापाको महत्वकांक्षी प्रोजेक्ट ‘रावायण’ को पूजा शर्मा, पल शाह, प्रमोद अग्रहरीलगायतको उपस्थितिमा सोमबार जानकी मन्दिरमा क्यामेरा पुजा गर्दै छायाङ्कन सुरु गरिएको हो ।



    सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्मका निर्मातामा सुदर्शन र पूजा हुन् । फिल्म यसै वर्षको भदौ २१ गते तिजका दिन प्रदर्शनमा आउनेछ ।



    फिल्ममा पल, पूजा र प्रमोदसँंगै प्रियंका कार्की, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकारको अभिनय रहनेछ ।

    शिवम अधिकारीको लेखन, सौरभ लामाको छायाङ्कन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन रहने फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफ।डी कम्पनीले गर्नेछ । फिल्मको डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार