Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चुनावी तालमेलका लागि कार्यदल गठन गर्ने माओवादीको निर्णय

    चुनावी तालमेलका लागि कार्यदल गठन गर्ने माओवादीको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 888
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहमा चुनावी तालमेलका लागि कार्यदल बनाउने निर्णय गरेको छ ।

    सोमबार काठमाडौंमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर सत्ता गठबन्धनसँग तालमेलका लागि कार्यदल बनाउने निर्णय गरेको हो ।



    आफ्नै एकल शक्तिमा निर्वाचनमा जाने तयारी गर्ने र गठबन्धन भएमा राम्रो, नभए आफैं लड्ने तयारी गर्ने निर्णय भएको नेता वर्षमान पुनले जानकारी दिए ।



    सबै पालिका र वडासम्मका लागि निर्वाचन तयारी समिति बनाइसकेको र गठबन्धनसँग तालमेलका लागि निर्णय गर्ने उनले बताए ।

    यस्तै माओवादी केन्द्रले केन्द्रीय सदस्यमा ५० जना थप गरेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले ५० जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको हो । योसँगै केन्द्रीय सदस्यको संख्या २९७ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार