Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज, कुन प्रदेशमा को ? [सूचीसहित]

    माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज, कुन प्रदेशमा को ? [सूचीसहित]

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1K
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ । सोमबार काठमाडौंमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको हो ।

    जसअनुसार प्रदेश १ मा सुरेन्द्र कार्की, मधेस प्रदेशमा गणेश शाह, वाग्मतीमा हितमान शाक्य र गण्डकीमा हितराज पाण्डेलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।



    यस्तै लुम्बिनी इन्चार्जमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।



    सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेल चयन गर्ने केन्द्रीय कमिटी बैठकमा निर्णय भएको छ ।

    प्रदेश इन्चार्जले प्रदेशभित्रका पार्टी केन्द्रीय समिति सदस्यहरुको बैठक राखेर ती प्रदेशभित्रका जिल्लाहरूलाई विभिन्न समूहमा विभाजन गरेर कमाण्ड बनाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार