Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • परराष्ट्रमन्त्री खड्का भोलि टर्की भ्रमणमा जाँदै

    परराष्ट्रमन्त्री खड्का भोलि टर्की भ्रमणमा जाँदै

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का भोलि मंगलवार साँझ टर्कीको साताव्यापी भ्रमणमा जाने भएका छन् ।

    टर्कीका विदेशमन्त्रीको निमन्त्रणामा उनी ३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।



    फागुन २७–२९ गतेसम्म आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ ।



    कार्यक्रममा दक्षिण एशियालगायत विश्वका विभिन्न मुलुकका राजनीतिज्ञ, कूटनीतिज्ञ तथा नीति निर्माताहरू भेला भई विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षीका साथै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार