Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • परराष्ट्रमन्त्री डा. खड्का आज टर्की भ्रमणमा जाँदै

    परराष्ट्रमन्त्री डा. खड्का आज टर्की भ्रमणमा जाँदै

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 996
    SHARES

    फाइल फोटो

    काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज मंगलवार साँझ टर्कीको साताव्यापी भ्रमणमा जाने भएका छन् । टर्कीका विदेशमन्त्रीको निमन्त्रणामा उनी ३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

    फागुन २७–२९ गतेसम्म आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ ।



    कार्यक्रममा दक्षिण एशियालगायत विश्वका विभिन्न मुलुकका राजनीतिज्ञ, कूटनीतिज्ञ तथा नीति निर्माताहरू भेला भई विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।



    टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षीका साथै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार