Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पल-गायिका प्रकरण: बलात्कार आरोपी शाहलाई गैंडाकोट ल्याइयो

    पल-गायिका प्रकरण: बलात्कार आरोपी शाहलाई गैंडाकोट ल्याइयो

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    चितवन । नाबालिकामाथि जवर्जस्ती करणी गरेको आरोपमा तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहलाई बयानका लागि गैंडाकोट ल्याइएको छ।

    गत फागुन ११ गते नावालिक गायिकाले शाहले आफूमाथि जवर्जस्ती करणी गरेको भन्दै जाहेरी दर्ता गरेपछि १५ गतेदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका उनलाई आज बिहान सुरक्षाका साथ शाहलाई नवलपुरस्थित गैंडाकोट प्रहरीमा ल्याइएको हो।



    १५ गते तनहुँ प्रहरी समक्ष आत्मसर्पण गरेका शाहकाविरुद्ध सोही दिन नै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि जाहेरी दर्ता भएको थियो । सोही मुद्दाको बयानका लागि शाहलाई आज तनहुँबाट गैंडाकोट ल्याइएको प्रहरी स्रोतले अनलाईन नेपाललाई बतायो ।



    प्रहरी स्रोतका अनुसार शाह केही दिन गैडाकोट प्रहरीको हिरासतमा रहनेछन् । अनुसन्धान र बयान सकिएपछि शाहलाई फेरि तनहुँ प्रहरीलाई बुझाइने प्रहरीले जनाएको छ।

    इलाका प्रहरी कार्यालय गैंडाकोटमा ती नाबालिकाले दर्ता गरेको जाहेरीमा २०७७ चैत ७ गते राति गैंडाकोट नगरपालिका–७ स्थित गैंडाकोट रिसोर्टमा बलात्कार गरेको उल्लेख छ । नेपालको कानुनमा १८ वर्ष नपुगी सहमतिमा पनि यौन सम्पर्क गर्नु अपराध हो। शाहले अपराध गरेको पुष्टि भएमा १० देखि १२ वर्षसम्म सजाय हुने व्यवस्था छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार