Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पल शाहले नवलपरासीमा के बयान दिए ?

    पल शाहले नवलपरासीमा के बयान दिए ?

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    चितवन । बल गायिकामाथि बलात्कार गरेको आरोपमा अभिनेता पल शाहले नवलपरासीको कावासोतीस्थित सरकारी वकिल समक्ष बयान दिएका छन् । मंगलबार तनहुँबाट जिल्ला प्रहरीमा ल्याइएका उनलाई बुधबार सरकारी वकिलको कार्यालयमा बयान लिइएको हो ।

    अभिनेता शाहलाई अनुसन्धानका लागि यसअघि नै तनहुँबाट गैंडाकोटमा ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई गत आइतबार पत्र पठाउँदै पल शाहविरुद्ध बलात्कारको उजुरी गैंडाकोट प्रहरीमा परेकाले यहाँ पनि अनुसन्धान गर्नु परेकाले पठाइदिनु भन्दै आग्रह गरेको थियो ।



    सोही आधारमा मंगलबार शाहलाई जिल्ला प्रहरी कार्यालय तनहुँले गैंडाकोट प्रहरीमा पठाएको थियो । जिल्ला प्रहरीका सूचना अधिकृत दिलिप गिरीका अनुसार शाहलाई करिब एक हप्ता राखेर अनुसन्धान अघि बढाइने छ ।



    प्रहरीका अनुसार ती किशोरीले एउटा गीतको छायांकनको क्रममा गत चैत ७ गते गैंडाकोटको एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा दुई साताअघि किटानी जाहेरी दिएकी थिइन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार