Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पल शाह प्रकरण: युटुबरहरु धमाधम प्रकाउ पर्दै, आज पनि दुई जना प्रहरीको फन्दामा

    पल शाह प्रकरण: युटुबरहरु धमाधम प्रकाउ पर्दै, आज पनि दुई जना प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रहरीको साइबर ब्युरोले युटुब च्यानलमार्फत् चरित्र हत्या गर्ने उदेश्यले भ्रामक समाचार फैलाएको आरोपमा दुई युटुबर (युटुब संचालक)लाई पक्राउ गरेको छ।

    काठमाडौँ नागार्जुन नगरपालिका-८ बस्ने नेपाल मिडिया नामका युटुब संचालक ५३ बर्षीय हरी उदासी भन्ने हरि परियार र बिशाल नेपाल नामका अर्का युटुबर २७ बर्षीय निशान चिलवाल रहेका छन्।



    ब्युरोका अनुसार पक्राउ परेका उदासी र चिलवालले आफ्नो युट्युब च्यानलमार्फत् व्यक्तिको चरित्र हत्या गर्ने उदेश्यले भ्रामक समाचार सम्प्रेषण गरेका थिए।



    उनीहरुमाथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

    यसअघि पनि ब्यूरोले चरित्र हत्या गर्ने उदेश्यले भ्रामक समाचार फैलाएको आरोपमा सेलवे नेपाल नामका युटुब संचालक २१ बर्षीय राहुल थापालाई पक्राउ गरेको थियो। पछिल्लो समय अभिनेता पल शाह प्रकरणमा प्रहरीले धमाधम पक्राउ गरेको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार