Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • युक्रेन-रुस युद्ध: सुमीमा भएको हवाई आक्रमणमा २२ जनाको मृत्यु

    युक्रेन-रुस युद्ध: सुमीमा भएको हवाई आक्रमणमा २२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । युक्रेनको सुमी सहरमा भएको एउटा हवाई आक्रमणमा २२ जनाको मृत्यु भएको विवरण आएको छ। मृतकमध्ये तीन बालबालिका छन्।

    सुमीका प्रशासक दिमित्रो झिभित्सकीका अनुसार रुसले आवासीय क्षेत्रमा राति बम आक्रमण गरेको थियो । उनले त्यसलाई ‘सामूहिक हत्या’को सङ्ज्ञा दिएका छन्।



    उनले एकै रातमा तीनवटा बम प्रहार गरिएको बीबीसीले जनाएको छ।



    एउटै घरमा नौ जनाको मृत्यु भयो। छवटा घर ध्वस्त भए भने २० वटामा आंशिक क्षति पुगेको छ।

    रुसले उक्त सहरमा बम आक्रमण गर्न रोक्ने र मानिसहरुलाई अन्यत्र जान बाटो दिने बताएपछि सुमीबाट अहिेलसम्म ५,००० मानिसलाई अन्यत्र पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार