Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्थानीय तह निर्वाचन : ७९ दलले चुनावमा भाग लिन पाउने

    स्थानीय तह निर्वाचन : ७९ दलले चुनावमा भाग लिन पाउने

    अनलाइन नेपाल
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 849
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता भएका ८० वटा दलमध्ये ७९ दललाई मान्यता दिएको छ ।

    निर्वाचन आयोगमा ८० दलले दर्ताको निवेदन दिएका थिए । ती मध्ये आयोगको बिहीबार बसेको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिने मान्यता दिएको हो ।



    आयोगले फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ताका आह्वान गरेको थियो । ऋषि कट्टेल नेतृत्वको दल भने दर्ता नभएको आयोगले जनाएको छ ।



    आवश्यक प्रक्रिया नपुगेकाले दर्ता अस्वीकार गरिएको आयोगको भनाई छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ७९ दलले भाग लिन पाउने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार