Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सौर्य एयरको जहाजमा समस्या

    ‘जहाजको कन्डिसन चेक नगरी उडाउनु कोशिस गर्नु अपराध होइन ?’

    ‘जहाजको कन्डिसन चेक नगरी उडाउनु कोशिस गर्नु अपराध होइन ?’

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 879
    SHARES

    फाइल तस्विर

    काठमाडौं । यात्रु चढाएर काठमाडौंबाट विराटनगरका लागि उड्ने तयारी गरेको सौर्य एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएको छ ।

    ट्याक्सी वेसम्म आइपुगेको उक्त जहाजमा समस्या देखिएपछि पुनः पार्किङमा फर्काइएको छ ।



    उड्नु अघि नै जहाजमा प्राविधिक समस्या पहिचान भएपछि जहाज पार्किङ क्षेत्रमै फर्काएर यात्रुलाई झारिएको विमानस्थलले जनाएको छ ।



    विमानस्थलका एक कर्मचारीले समयमै समस्या पहिचान हुँदा ठूलो दुर्घटनाबाट जोगिएको बताए पनि यात्रुहरु भने आक्रोशित बनेका थिए ।

    जहाजमा सवार उदयपुरको बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले लेखेका छन्–‘दुर्घटनाको मुखबाट बाँचियो, तर सौर्य एयरलाइन्सको व्यवस्थापन यात्रुप्रति उदासिन देख्दा दुःख प्रकट गर्दछु, जहाजको कन्डिसन चेक नगरी उडाउनु कोशिस गर्नु अपराध होइन ?’

    स्वस्तिक थापा नामको फेसबुक बाट एक भिडियो सेयर गर्दै उनले ‘बदमासिको सिमा छैन ? सौर्य एअरलाईन्सको म्यानेजरलाई भेटनु कुरागर्नु नपाउने रे ’ भन्दै आक्रोश पोखेका छन् । एयलाइन्सका मेनेजमेन्ट टिमसँग भेट्न नदिएपछि उनी सौर्य एयलाइन्सका कर्मचारीसँग आक्रोशित बनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार