Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जेलेन्स्कीले रुसलाई सोधे- तपाईँको रासायनिकअस्त्र कहाँ खस्ने हो ?

    जेलेन्स्कीले रुसलाई सोधे- तपाईँको रासायनिकअस्त्र कहाँ खस्ने हो ?

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकी सहयोगमा युक्रेनले रासायनिक अथवा जैविकअस्त्र विकास गरिरहेको भन्ने रुसी दाबीप्रति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रोश पोखेका छन्।

    ‘हामीले रासायनिक हमला गर्ने तयारी गरिरहेका छौँ रे,’ एउटा भिडिओ सम्बोधनमा जेलेन्स्कीले भनेका छन्।



    ‘यो कुराले मलाई साँच्चिकै चिन्तित बनाएको छ। किनकि हामी यो कुरामा निरन्तर विश्वस्त भएका छौँ कि यदि रुसका योजनाबारे तपाईँले थाहा पाउनु छ भने उसले अरूमाथि लगाउने आरोपलाई हेर्नुपर्छ।’



    ‘रासायनिक हमला गर्ने तयारी गरिरहेको भन्ने आरोप के हो ?’ उनले थपे। यस्तै, युक्रेनी सरकारले रुसी सेनाले पुनः अस्थायी युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाउँदै रुसी मारिओपोलबाट एक जना पनि नागरिक बाहिर निस्कन नसकेको बताएको छ।

    राष्ट्रपति जेलेन्स्कीका अनुसार सहरमा खाना, पानी र औषधि पुर्‍याउने प्रयास असफल भएको छ। उनले त्यहाँ निराशाजनक अवस्था उत्पन्न भएको बताए।

    उनका दाबीमा रुसी फौजले मानवीय सहायताकर्मीहरूको टोलीलाई पनि निसानामा पारेका छन्। सहायता निकायहरूले उक्त सहरका बासिन्दाले गम्भीर सङ्कटको सामना गरिरहेको बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार