Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • परराष्ट्रमन्त्री खड्का र यूएईका अर्थमन्त्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खड्का र यूएईका अर्थमन्त्रीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शनिबार, २८ फाल्गुन २०७८
  • 1K
    SHARES

    काठमाडौं । अन्तालिया कूटनीति मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीको अन्तालियामा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र संयुक्त अरब इमिरेट्स (यूएई) का अर्थमन्त्री अब्दुल्ला बिन तक अल मारीबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

    त्यस अवसरमा दुवै देशका मन्त्रीले द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका महत्त्वपूर्ण पक्षहरूको समीक्षा गर्नाका साथै दुई मुलुकबीच व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्नेबारे विचारविमर्श गरेका थिए । मन्त्री खड्काले नेपाली उत्पादनको निर्यात बढाउन सहज बजार पहुँचका निम्ति सहजीकरण गर्न तथा नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गर्न अर्थमन्त्रीसँग आग्रह गरेका थिए ।



    आर्थिक सहयोग विस्तार, जनता–जनताबीचको सम्पर्क अभिवृद्धि र पर्यटन प्रवद्र्धनलगायत द्विपक्षीय साझेदारीका विभिन्न आयाममा उनीहरूबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, मन्त्री खड्काले यूएईमा रहेका नेपाली आप्रवासी कामदारको रक्षा गरेकामा यूएई सरकारको सराहना गरेका थिए । यूएई नेपालको प्रमुख श्रम गन्तव्य मुलुक हो ।



    आजै परराष्ट्रमन्त्रीले ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरूको सहभागितामा ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासका लागि नयाँ एसिया’ विषयमा भएका दुई बेग्लाबेग्लै सत्रलाई सम्बोधन गर्दै समसामयिक क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाकेन्द्रित रहेर नेपालका धारणा प्रस्तुत गरेका थिए ।-रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार