Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग: रोनाल्डोको ह्याट्रिकमा युनाइटेडको रोमाञ्चक जित

    इंग्लिस प्रिमियर लिग: रोनाल्डोको ह्याट्रिकमा युनाइटेडको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • आइतबार, २९ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा शनिबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले टोटनहमबिरुद्द ३-२ अन्तरको रोमाञ्चक जित निकालेको छ ।

    घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा १२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए । ३५ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई बराबरीमा ल्याए ।



    खेलको ३८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । ७२ औं मिनेटमा युनाईटेडका ह्यारी मग्वाएरले आत्मघाती गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।



    खेलको ८१ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाईटेडलाई ३-२ अन्तरको रोमाञ्चक जित निकालेको हो । यस ह्याट्रिकसँगै रोनाल्डोले व्यवसायिक फुटबलमा ८०७ गोल पूरा गर्दै कीर्तिमान बनाएका हुन् ।

    जितसँगै युनाईटेडले २९ खेलमा ५० अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ । टोटेनहम ४५ अंक जोडेर सातौं स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार