Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिगमा न्युक्यासलको फराकिलो जित, चेल्सी बराबरीमा रोकियो

    इंग्लिस प्रिमियर लिगमा न्युक्यासलको फराकिलो जित, चेल्सी बराबरीमा रोकियो

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 423
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडले फराकिलो जित निकालेको छ ।

    न्युक्यासलले शनिवार राति घरेलु मैदानमा वल्भ्समाथि ३–० गोल अन्तरको फराकिलो जित दर्ता गरेको हो ।



    न्युक्यालको जीतमा एलेक्सान्डर इसाक, एन्थोनी गोर्डन र भालेन्टिनो लिब्रामेन्टोले एक–एक गोल गरे ।



    यस जीतले न्युक्यासल २७ खेलबाट ४० अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित भएको वल्भ्स ३८ अंकसहित १०औं स्थानमा छ ।

    प्रिमियर लिगकै अर्को खेलमा लन्डन क्लब चेल्सी भने बराबरीमा रोकिएको छ । चेल्सीले तुलनात्मक सानो टोली ब्रेन्टफर्डसँग २–२ गोलको बराबरी खेलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार