Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • संसद बैठकको सुरुमै एमाले सांसदको नाराबाजी

    संसद बैठकको सुरुमै एमाले सांसदको नाराबाजी

    अनलाइन नेपाल
  • आइतबार, २९ फाल्गुन २०७८
  • 831
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभा बैठकको सुरुमै नेकपा एमालेका सांसदहरूले नाराबाजी थालेका छन् ।

    आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी थालेका हुन् ।



    एमालेले गत २३ भदौदेखि संसद बैठक अवरुद्ध गर्दै आएकाे छ । एमाले विभाजनमा सभामुख सापकाेटामको भूमिका रहेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।



    आजकाे बैठकमा प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरामाथिकाे महाअभियाेग प्रस्तावमा छलफल हुने र  सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले  समितिको २१औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार