Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • कांग्रेस महामन्त्री थापाले भने-‘पार्टीभित्र उच्च स्तरीय एकता आवश्यक छ’

    कांग्रेस महामन्त्री थापाले भने-‘पार्टीभित्र उच्च स्तरीय एकता आवश्यक छ’

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र उच्च स्तरीय एकता आवश्यक रहेको बताएका छन् ।

    नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले आज कोहलपुरमा आयोजना गरेको आमसभामा महामन्त्री थापाले अभूतपूर्व एकताका साथ स्थानीय चुनावमा होमिन पार्टी पङ्क्तिलाई आह्वान गरेका हुन् ।



    काँग्रेसलाई चुनावी तालमेल गर्न आवश्यक नरहेको भन्दै उनले नेता कार्यकर्ताले पनि पार्टी नेतृत्वलाई भरोसा दिलाउन सक्नुपर्ने बताए ।



    महामन्त्री थापाले एमसीसीका बारेमा भ्रम फैलाइएको बताउँदै एमसीसी विशुद्ध अनुदान सहयोग भएको स्पष्ट पारे । उनले एमसीसी राष्ट्रको हितमा रहेकाले कांग्रेस एमसीसीको पक्षमा उभिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार