Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गैंडाकोटमा बयान सकिएपछि पल शाहलाई दमौलीमै पठाइयो

    गैंडाकोटमा बयान सकिएपछि पल शाहलाई दमौलीमै पठाइयो

    अनलाइन नेपाल
  • मंगलबार, १ चैत्र २०७८
  • 951
    SHARES

    फाइल फोटो

    नवलपुर । बालगायिकामाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई फेरि तनहुँको दमौली पठाइएको छ ।

    जिल्ला प्रहरीले कार्यालय गैंडाकोटमा उनको बयान लिएपछि मंगलबार दमौली पठाइएको गैंडाकोटका डिएसपी दिलीप गिरीले जानकारी दिए। पीडित गायिकाका आफन्तले सुरूमा दमौली र पछि नवलपुर प्रहरीपनि शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दिएका थिए।



    गायिकाको उजुरीपछि गत फागुन १५ गते तनुहँ प्रहरीसमक्ष आत्मसमर्पण गरेका शाहलाई केही दिनअघि गैंडाकोट ल्याइएको थियो । जिल्ला अदालत तनहुँले अभियुक्त शाहलाई चैत ४ गतेसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।



    यसअघि शाहले गैंडाकोटमा बयान दिँदा आफूले जबरजस्ती करणी नगरेको दावी गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार