Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • निर्वाचनमा केन्द्रित हुन सांसदहरुलाई एमाले अध्यक्ष ओलीको निर्देशन

    निर्वाचनमा केन्द्रित हुन सांसदहरुलाई एमाले अध्यक्ष ओलीको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, २ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरुलाई स्थानीय तह निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

    बुधबार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सांसदहरुलाई चुनाव केन्द्रित हुन र गाउँ गाउँ जान निर्देशन दिएका हुन् ।



    एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ओलीले गाउँ गएर केन्द्रीय गतिविधि र संसद विघटनको विषयमा पार्टीको धारणा प्रष्ट राख्न आग्रह गरेका छन्।



    सांसदहरुलाई आफ्नो हैसियत र मर्यादा नखोजी जनताको नङमासु जस्तो भएर काम गर्न पनि ओलीले सांसदहरुलाई निर्देशन दिएका छन् ।

    अध्यक्ष ओलीले स्थानीय चुनावमा एमालेले ६५ देखि ७० प्रतिशत स्थानमा विजय हासिल गर्ने दावी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार