Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले दैलेखको अध्यक्षमा शर्मा निर्वाचित

    एमाले दैलेखको अध्यक्षमा शर्मा निर्वाचित

    अनलाइन नेपाल
  • बिहिबार, ३ चैत्र २०७८
  • 807
    SHARES

    काठमाडौं । नेकपा (एमाले) दैलेखको अध्यक्षमा रवीन्द्रराज शर्मा निर्वाचित भएका छन् ।

    बुधबार सम्पन्न पार्टीको सातौँ जिल्ला अधिवेशनमा शर्माले प्रतिस्पर्धी सूर्यबहादुर शाहीलाई १ सय ५१ मत अन्तरले पराजित गरेका हुन् ।



    शर्माले ४ सय १४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी सूर्यबहादुर शाहीले २ सय ६३ मत प्राप्त गरेका हुन् । यस्तै निर्वाचन समितिका अनुसार उपाध्यक्षमा प्रेम बहादुर बुढा विजयी भएका छन् भने सचिवमा तिलकप्रसाद रिजाल विजयी भएका छन् ।



    उपसचिवमा कलावती न्यौपाने र गङ्गाराम दाहाल विजयी भएका छन् । कुल मतदाता सङ्ख्या ७ सय २३ रहेकोमा ७ सय ४८ मत अर्थात ३१ मत बढी खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार