Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पल-गायिका प्रकरण

    पल शाहविरुद्ध नवलपुर अदालतमा बलात्कारको मुद्दा दर्ता, १२देखि १४ वर्षसम्मको सजाय माग

    पल शाहविरुद्ध नवलपुर अदालतमा बलात्कारको मुद्दा दर्ता, १२देखि १४ वर्षसम्मको सजाय माग

    अनलाइन नेपाल
  • बिहिबार, ३ चैत्र २०७८
  • 993
    SHARES

    फाइल फोटो

    काठमाडौं । अभिनेता पल शाह (पूर्ण बिक्रम)विरुद्ध जिल्ला अदालत नवलपुरमा बलात्कार मुद्दा (जबरजस्ती करणी)मा दायर भएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार बिहीबार पीडित १६ बर्षिया किशोरीले दिएको जाहेरीको आधारमा शाहविरुद्ध बलात्कारको मुद्धा दायर भएको हो ।



    शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर गरिएको र दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको स्रोतले अनलाइन नेपाललाई बतायो । उक्त आचार संहितामा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।



    गत फागुन ११ गते किशोरीले आफूमाथि बलात्कार भएको भन्दै शाहविरुद्ध  जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । उजुरीको ४ दिनपछि १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसपछि किशोरीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा पनि जाहेरी दिएकी थिइन् ।

    नवलपरासी पूर्वको एक रिसोर्टमा ७ चैत २०७७ मा आफूमाथि बलात्कार भएको दावी गर्दै किशोरीले जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपुर प्रहरीले कार्यालयमा झिकाएर प्रहरीले बयान समेत लिएको थियो । हाल आरोपी शाह तनहुँ प्रहरीकै हिरासतमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार