Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • स्थानीय चुनाव: वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्न सकिने

    स्थानीय चुनाव: वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्न सकिने

    अनलाइन नेपाल
  • शुक्रबार, ४ चैत्र २०७८
  • 960
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरूले  वैशाख ११ र १२ गते २ दिनभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाे छ ।

    निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि वैशाख ११ र १२ गते छुट्याइएको हाे ।



    यस्तै, बैशाख १७ गते चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ। यसैगरी उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गतेभित्र फिर्ता गर्न पाउनेछन् भने सोही दिन साँझ  ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ ।



    निर्वाचन आगामी ३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार