Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रधानमन्त्रीद्वारा २२०/१३२ के.भी. क्षमताको नयाँ खिम्ती सबस्टेसनको उद्घाटन

    प्रधानमन्त्रीद्वारा २२०/१३२ के.भी. क्षमताको नयाँ खिम्ती सबस्टेसनको उद्घाटन

    अनलाइन नेपाल
  • शनिबार, ५ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको मन्थली नगरपालिका(१३ को साँखे (फुलासी) स्थित नयाँ खिम्ती (२२०/१३२ के.भी. क्षमता) सबस्टेसन उद्घाटन गरेका छन् ।

    सबस्टेसन स्वदेशी पूँजीमा निर्माण भएको मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको मुख्य भाग हो ।



    योसँगै माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत ४७ किलो मिटर लामो २२० के. भी. डबल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सबस्टेसन जोडिएको छ ।



    माथिल्लो तामाकोसी आयोजनाले नै निर्मार्ण गरेको सबस्टेसन नेपालमा हालसम्म निर्माण र सञ्चालनमा रहेको ढल्केबरपछिको दोस्रो ठूलो सबस्टेशन हो ।

    तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत जोडिने नयाँ खिम्ती सबस्टेसनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिने छ ।

    माथिल्लो तामाकोसीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२.४ मेगावाट क्षमताको लिखु चौथो र २४.२ मेगावाट क्षमताको लिखु खोला ‘ए’ बाट उत्पादित विद्युत यही सबस्टेसनमा जोडिएको छ ।

    त्यस्तै, नयाँ खिम्ती सवस्टेसनमा जोडिएको विद्युत ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केवरस्थित ४००/२२०/१३२ केभी सबस्टेसनमा लगिएको छ ।

    ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व-पश्चिम पठाइएको छ भने बढी भएको विद्युत ढल्केबर(मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिएको छ ।

    नयाँ खिम्ती सबस्टेसनबाट ४६ कि.मि. लामो १३२ केभी प्रसारण लाइनबाट सिन्धुपाल्चोकको लामो साँघूस्थित १३२ के.भी. सवस्टेसन हुँदै काठमाडौं उपत्यकासहित नेपालको राष्ट्रिय विद्युत प्रणालीमा विद्युत प्रवाह भइरहेको छ ।

    नयाँ खिम्ति सवस्टेसनमा आठवटा २२० केभी ग्याँस इन्सुलेटेट स्वीचगियर बे र ६ वटा १३२ केभी एयर इन्सुलेटेट स्वीचगियर बे रहेका छन् । साथै, सबस्टेसनमा २२०/१३२ के.भी., ३३/३३ एमभीए क्षमताको चारवटा पावर ट्रान्सफरमरहरू जडान गरिएको छ । करिब १३७ रोपनी क्षेत्रफल रहने सबस्टेसनमा हाल करिब ५५ रोपनीमा २२०/१३२ केभी नयाँ खिम्ती सबस्टेसन निर्माण भएको छ ।

    उद्घाटनमा प्रधानमन्त्रीका साथमा ऊर्जा मन्त्री पम्फा भूसाल, सूचना तथा प्रसारण मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, बागमती प्रदेशका मन्त्री, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ऊर्जा सचिव देवेन्द्र कार्कीलगायत थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार