Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कैलालीमा म्यादी प्रहरी बन्न आवेदन दिनेको भीड

    कैलालीमा म्यादी प्रहरी बन्न आवेदन दिनेको भीड

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    कैलाली । आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि सरकारले देशभरबाट एक लाख म्यादी प्रहरीका लागि आवेदन माग गरेको छ । सोहीअन्तर्गत जिल्ला प्रहरी कार्यालय कैलालीमा म्यादी प्रहरीका लागि आवेदन खुला गरिएपछि युवायुवतीको आकर्षण बढेको हो ।

    आवेदन खुलेको पहिलो दिन विहानैदेखि युवायुवतीको जिल्ला प्रहरी कार्यालय अगाडी घुइँचो लागेको छ । चर्को घाममा पनि लाइनमा लागेर युवायुवतीहरु आवेदन दिन थालेका हुन् । म्यादी प्रहरीको आवेदन यही चैत ११ गतेसम्म लिइने छ ।



    देशमा बढ्दो बेरोजगारी र प्रहरी सेवामा पछि पाइने अवसरको खोजी गर्दै म्यादी प्रहरीमा आवेदन दिनेको आक्रर्षण बढेको छ ।



    आजदेखि ११ गतेसम्म १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार