Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • डिआईजीहरुको उजुरीसँगै एआईजी बढुवा अन्यौलमा

    डिआईजीहरुको उजुरीसँगै एआईजी बढुवा अन्यौलमा

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि भएको सिफारिसमा असहमति जनाउँदै प्रहरी नायब महानिरिक्षक (डीआईजी) हरूले उजुरी गरेका छन् ।

    सिफारिस भएको एक साताभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था बमोजिम असन्तुष्ट डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्कील‍े आज उजुरी गरेका हुन् । उजरी गर्ने तीनैजना वर्तमान आईजीपी शैलेश थापाका ब्याचीहरू हुन् । उनीहरूले वैशाख १८ बाट अवकाश पाउँदैछन् ।



    बढुवा समितिको चैत १ गतेको बैठकले धिरजप्रताप सिंह, रविन्द्रबहादुर धानुक र बसन्त पन्तलाई बढुवा गर्न सिफारिस गरेको थियो ।



    लोकसेवा आयोगका अध्यक्षले नेतृत्व गर्ने उजुरी सुन्ने समितिमा मुख्य सचिव र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव सदस्य रहने व्यवस्था छ ।

    उजुरी सुन्ने समितिले उजुरी प्राप्त भएपछि उजुरी गर्ने म्याद सकिएको भोलिपल्ट बढुवा समितीको राय प्रतिक्रिया र उजुरीसँग सम्बन्धित कागजात पठाउन बढुवा समितिको सचिवालयलाई लेखी पठाउनु पर्नेछ ।

    त्यसरी ले‍खिआएमा सम्बन्धित बढुवा समितिको सचिवालयले ३ दिनभित्र आफ्नो राय प्रतिवेदनसहित उजुरीसँग सम्बन्धित कागजात उजुरी सुन्ने समितीलाई पठाउनु पर्ने छ । उजुरी गर्ने म्याद सकिएको १५ दिनभित्र निर्णय दिइसक्नुपर्ने कानुनी व्यवस्था छ । उजुरीको टुंगो लागेपछि मात्र बढुवा समितीको सिफारिस कार्यान्वयन हुनेछ ।

    यसअघि सुशील कोइराला प्रधानमन्त्री भएका बेला एआईजीका लागि भएको बढुवामा आफू अगाडि रहेर पनि नाम नपरेको भन्दै दुई डीआईजीले उजुरी गरेका थिए ।

    बढुवा समितिको सिफारिसविरुद्ध परेको उक्त उजुरीविरुद्ध सुनुवाइ गर्दै दुवैलाई एआईजीमा बढुवा गर्न निर्देशन दिइपछि उनीहरू दुवैजना एआईजीमा बढुवा भएका थिए ।

    त्यसबेला उजुरी सुन्ने समितिलाई एआइजी थपको निर्देशन दिन सक्नेसम्मको नियमावलीमा व्यवस्था थियो तर अहिले उजुरी सुन्ने समितिको उक्त अधिकार कटौति गरिएको छ । डिआईजीहरुको उजुरीसँगै एआईजी बढुवा अन्यौलमा परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार