Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • रेडपान्डाको छाला र चरेससहित ६ जना पक्राउ

    रेडपान्डाको छाला र चरेससहित ६ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 2.1K
    SHARES

    बाँके । बाँके प्रहरीले रेडपान्डाको छाला र लागुऔषध चरेससहित ६ जनालाई पक्राउ परेका छन् । नेपालगञ्जको शिक्षण अस्पताल नजिकको एक होटेलबाट दुई थान रेड पाण्डाको छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा डोल्पाका शुकराम विक, विवेक बोहोरा, रामकृष्ण शाही र हर्कबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।



    रेडपान्डा कारोबारीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) अनुसार पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिबाना र पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए ।



    त्यसैगरी पुष्पलाल चोकमा रहेको एक होटलबाट तीन किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटका प्रवीण शाही र नेपालगञ्जका राज कार्की रहेका छन् । उनीहरु माथि पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार