Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • चरेससहित दुई भारतीय नागरिक पक्राउ

    चरेससहित दुई भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 552
    SHARES

    फाइल फोटो

    बैतडी । लागूऔषध चरेससहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    भारतको बिहारस्थित पश्चिम चम्पारणका २३ वर्षीय ताहिर आलम र २४ वर्षीय लालेश्वर चौधरीलाई लागूऔषध चरेसहित बैतडीबाट पक्राउ गरिएको हो ।



    जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मंगलबार राति ९ बजे गोठालापानी बजारबाट खटिएको प्रहरी टोलीले गोठालापानी शाहिलेक पक्की सडकखण्डको छेउबाट उनीहरूलाई पक्राउ गरेको हो ।



    उनीहरूको साथबाट पाँच सय मिलिग्राम चरेस बरामद गरिएको । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार