Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चरेस र चितुवाको छालासहित सहायक हवल्दार पक्राउ, अर्का २ जना पनि समातिए

    चरेस र चितुवाको छालासहित सहायक हवल्दार पक्राउ, अर्का २ जना पनि समातिए

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 6.6K
    SHARES

    धनगढी । कैलालीमा चितुवाको छाला र चरेससहित प्रहरी सहायक हवल्दारसहित तीनजना पक्राउ परेका छन् ।

    लागुऔषध नियन्त्रण शाखा महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) शाखा संघीय प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको सादा पोसाकको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा प्रहरी सहायक हवलदार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका १ का २६ वर्षीय धनकृष्ण रोकाया बुढिगंगा नगरपालिका १० बस्ने ३० वर्षीय हेमराज जोशी रहेको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरुलाई धनगढीको शहीदगेट नजिकैको एक होटलबाट विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो ।



    उनीहरुको साथबाट प्लाष्टिकसहित ६ किलो ७९५ ग्राम चरेश र ७ फिट ६ इन्च चितुवाको छाला बरामद गरिएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

    प्रहरी सहायक हवलदार चन्द मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत रहेको खुलेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार