Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चितुवाको छालासहित धनगढीबाट दुई जना पक्राउ

    चितुवाको छालासहित धनगढीबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 537
    SHARES

    धनगढी । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–७ का ४८ वर्षीय बामदेव जोशी र डडेल्धुराको परशुराम नगरपालिका–१२ का १७ वर्षीय गोविन्द भट्टराई छन्।



    सादा पोसाकमा खटिएको टोलीले धनगढीको बोराडाडीको एक होटलमा किनबेच गर्न लागिएको अवस्थामा चितुवाको छाला बरामद गरेको हो ।



    उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा आवश्यक कारबाहीका लागि पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार