Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चितुवाको छालासहित ३ जना अपराध महाशाखाको फन्दामा

    चितुवाको छालासहित ३ जना अपराध महाशाखाको फन्दामा

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले दुर्लभ बन्यजन्तु चितुवाको छालासहित ३ जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरूमा नुवाकोट शिवपुरी-२ घर भइ काठमाडौँ गोकर्णेश्वर बस्ने २८ बर्षीय विशाल तामाङ, ३२ बर्षीय बिनोद तामाङ र चितवन राप्ती नगरपालिका घर भइ गोकर्णेश्वर ४२ बर्षीय कामी सिंह स्याङतान रहेका छन्।



    महाशाखाका अनुसार उनीहरुलाई काठमाडौं एयरपोर्ट नजिक एयरपोर्ट सकुवा कर्नरबाट २ फिट २ ईन्च लम्बाई र ७ ईन्च चौडाई भएको चितुवाको छालासहित पक्राउ मंगलबार गरिएको हो।



    चितुवाको छाला अवैध रुपमा ओसारपसार गरी बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त छालासहित फेला पारी पक्राउ गरेको हो।

    उनीहरुलाई आवश्यक कारबाहीको लागि आज बुधबार जिल्ला बन कार्यालय काठमाडौँ पठाइ एको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार