Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • चार किलो चरेससहित एकजना समातिए

    चार किलो चरेससहित एकजना समातिए

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 1K
    SHARES

    डडेल्धुरा । डडेल्धुरामा ३ किलो ८ सय ग्राम चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    जिल्लाको अमरगढी नगरपालिका–८ मिटमार्ट मासु पसल नजिकबाट बझाङको बुंगल नगरपालिका–११ का ३५ वर्षीय धनबहादुर बोहरालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले शङ्काको आधारमा चेकजाँच गर्दा बोहराको साथबाट उक्त परिमाणमा चरेस फेला परेको बताइएको छ ।



    बोहराको साथबाट चरेससहित एक थान मोबाइल, २३ जार ५ सय ३० नेपाली रुपैयाँ र २ हजार ६ सय १० भारुसमेत फेला परेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार